शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको पर्शा र चनौलीमा नयाँ शोरुम संचालनमा

शुक्रबार, २४ माघ २०७६, १९ : ०५
शुक्रबार, २४ माघ २०७६

चितवन– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेञ्जका कारहरु उपलब्ध हुनेछन् ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डाइरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्सामा खोल्न पाँउदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाँउदा आफु खुशी भएको बताए । 

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका डिलर डेभलपमेन्ट म्यानेजर गोविन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप