आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

प्रदेश २ को सीमावर्ती क्षेत्रमा कोरोना भाइरस चेकजाँच हेल्प डेस्कको स्थापना

शुक्रबार, २४ माघ २०७६, १७ : ३५
शुक्रबार, २४ माघ २०७६

जनकपुर । कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले धनुषाको सिमावर्ती क्षेत्रका विभिन्न नाकामा हेल्थपोष्ट स्थापना गरिएको छ । धनुषाको सिमावर्ती  क्षेत्रस्थित जटही लगायत प्रदेश नम्बर २ को अधिकांश सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेक जाँचका लागि हेल्प डेक्स स्थापना गरिएको हो । 

जटही नाकामा कोरोना भाइरस हेल्प डेस्कका लागि नगराईन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क सञ्चालन गरेको नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए । 

त्यस्तै, प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीका १३ स्थानमा कोरोना भाइरस चेकजाँचका लागि हेल्प डेक्स गरिएको छ । भारतको विहार राज्यको सितामढी जिल्लाका चरौत निवासी एक युवकमा कोरोना भारइसको लक्षण देखिएपछि प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकाहरुमा कोरोना भाइरस चेकजाँच डेस्क स्थापना गरिएको   नगर प्रमुख यादवले स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप