शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीएयरलाइन्सको काठमाडौं–पोखरा उडान सुरु

शुक्रबार, २४ माघ २०७६, १७ : २०
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ ।  ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र मागअनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए । पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उनले बताए । उनले केही दिनका लागि काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताए ।

एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए । उनले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताए । श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । सेवा बढाउँदै जाने रणनीति अनुसार श्रीले थप तीनवटा ड्यास एट क्यु ४०० जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताए । उनले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत तीनवटा भाडादर उपलब्ध गराएको बताए । भाडादर अन्य एयरलाइन्सको भन्दा कम हुने समेत उनले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप