मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक ३० मिनेटको लागि स्थगित

शुक्रबार, २४ माघ २०७६, १३ : ४३
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । शुक्रबार बस्न लागेको प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित भएको छ । 

काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो ।

यसअघि बिहीबार पनि काँग्रेसले प्रतिनिधिसभाको बैठक स्थगित गरेको थियो । 

बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताएपछि बैठक स्थगित भएको थियो । 

सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सापकोटाले बैठक आइतबारसम्मका लागि  स्थगित गरेको घोषणा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप