आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक छ: अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताएका हुन् ।
उनले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यस अनुरुपमा नीतिहरु समेत ल्याएको बताए । उनले नयाँ प्रविधि भित्रिँदै गर्दा अर्थतन्त्रमा चुनौती पनि बढ्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार सक्षम रहेको समेत बताए । अहिलेको एजेण्डा डिजिटल करेन्सीको नभएपनि भविश्यमा यसको आवश्यकता पर्ने र त्यसका लागि डिजिटल भुक्तानीको व्यवस्था गर्दै रियलटाईम सेटलमेन्टमा जानुपर्ने बताए ।
अर्थमन्त्री खतिवडाले सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु