शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकीको अन्डरपासमा दुई जनाको ज्यान लिने चालक सिन्धुपाल्चोकबाट पक्राउ

शुक्रबार, २४ माघ २०७६, १२ : २३
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । बुधबार राति कलंकीको अन्डरपासमा बा४ख ८५७९ नम्बरको टिपरले प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान लिने चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार राति प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौँ ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । 

मोटरसाइकललाई ठक्कर दिएर चालक लामा टिपरसहित फरार भएका थिए । टिपर बिहीबार दिउँसो प्रहरीले नख्खुस्थित चन्द्र सूर्य ग्यारेजमा लुकाइएको अवस्थामा फेला परेको थियो । 

सीतापाइलाबाट बल्खुतर्फ गइरहेको टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरीको ज्यान गएको थियो । 

पक्राउ परेका चालकमाथि अथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप