सेनाले माग्यो १५० जना अधिकृत क्याडेट (सूचनासहित)
शुक्रबार, २४ माघ २०७६, ०९ : ३८

काठमाडौँ । नेपाली सेनाले १५० जना अधिकृत क्याडेट माग गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्