साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्यो, यसले वातावरणमा क्षती’
युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् । यस्तोमा बेल्जियमको अदालतले एक साइकल चोरलाई तीन वर्षको जेल सजाय तोकेको छ । अदालतले साइकल चोरी भएका कारण पीडितले कार चलाउनुपर्यो जसका कारण धुँवाले पर्यावरण दुषित पार्यो ।
अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ । ब्रसेल्सका ४० वर्षीय एक व्यक्तिले सन् २०१८ को अक्टोबरमा एउटा साइकल चोरेका थिए । यसका लागि पीडितले उजुरी दिएका थिए । केही समयपछि पुलिसले चोर पक्राउ गरे जुन अदालतसम्म पुग्यो ।
सुनुवाईको क्रममा न्यायाधीसले भने, ‘आरोपीले प्रदुषण बढाउन भूमिका निभाएका छन् जसलाई नजरअन्दाज गर्न सकिँदैन । यसका लागि उनलाई तीन वर्षको जेल सजाय हुनेछ । यतिमात्रै होइन न्यायाधीसले आरोपीको मुद्दा लड्ने र उनको रक्षार्थ खटेका वकिललाई पनि सजाय सुनाइएको छ ।
आरोपी ४४ पटा पक्राउ परेर १२ वर्षको सजाय काटिसकेका छन्
स्थानीय मिडिया अनुसार साइकल चोर्ने ती व्यक्ति सन् १९९५ देखि २०१९ को बीचमा ४४ पटक पक्राउ परिसकेका छन्े । साथै यो मामलामा उनले १२ वर्षको जेल सजाय काटिसकेका छन् । यति हुँदा हुँदै पनि उनले साइकल चोर्न छोडेनन् । उता युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक क्याटरियोना म्याककिनोनले भने, ‘चोरलाई सजाय दिनु सही हो तर पर्यावरणको हवाला दिनु नियमविरुद्ध हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि