केन्द्रीय संस्करण

साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्‍यो, यसले वातावरणमा क्षती’

person explore access_timeमाघ २४, २०७६ chat_bubble_outline0

युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् ।  यस्तोमा बेल्जियमको अदालतले एक साइकल चोरलाई तीन वर्षको जेल सजाय तोकेको छ । अदालतले साइकल चोरी भएका कारण पीडितले कार चलाउनुपर्‍यो जसका कारण धुँवाले पर्यावरण दुषित पार्‍यो ।

अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ । ब्रसेल्सका ४० वर्षीय एक व्यक्तिले सन् २०१८ को अक्टोबरमा एउटा साइकल चोरेका थिए । यसका लागि पीडितले उजुरी दिएका थिए । केही समयपछि पुलिसले चोर पक्राउ गरे जुन अदालतसम्म पुग्यो ।

सुनुवाईको क्रममा न्यायाधीसले भने, ‘आरोपीले प्रदुषण बढाउन भूमिका निभाएका छन् जसलाई नजरअन्दाज गर्न सकिँदैन । यसका लागि उनलाई तीन वर्षको जेल सजाय हुनेछ । यतिमात्रै होइन न्यायाधीसले आरोपीको मुद्दा लड्ने र उनको रक्षार्थ खटेका वकिललाई पनि सजाय सुनाइएको छ ।

आरोपी ४४ पटा पक्राउ परेर १२ वर्षको सजाय काटिसकेका छन्

स्थानीय मिडिया अनुसार साइकल चोर्ने ती व्यक्ति सन् १९९५ देखि २०१९ को बीचमा ४४ पटक पक्राउ परिसकेका छन्े । साथै यो मामलामा उनले १२ वर्षको जेल सजाय काटिसकेका छन् । यति हुँदा हुँदै पनि उनले साइकल चोर्न छोडेनन् । उता युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक क्याटरियोना म्याककिनोनले भने, ‘चोरलाई सजाय दिनु सही हो तर पर्यावरणको हवाला दिनु नियमविरुद्ध हो ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.