शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउन पहल

बिहीबार, २३ माघ २०७६, २० : ४४
बिहीबार, २३ माघ २०७६

अस्ट्रेलिया । नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अस्ट्रेलिया स्थित नेपाली संघ संस्था अगुवा तथा नेपाली अभिभावकहरुले अस्ट्रेलियाका सरकारी  बिद्यालयमा नेपाली भाषा पढाउने ब्यबस्था गर्न प्रयास गरिरहेका छन् ।

यसै सन्दर्भमा हाम्रो समाज अस्ट्रेलिया’ का अध्यक्ष्य तथा नेपाली संघ संस्थाको महासंघ (फेनका) का सल्लाहकार डा. मोम बिश्वकर्माले दिएको जानकारी अनुसार एनएसडब्लु राज्यको  शिक्षा मन्त्री शराहा मिचेल सँग एनएसडब्लु  संसद भवनमा ६ फेब्रुअरीका दिन भेट गरि नेपाली समुदाएको बढ्दो जनसंख्या तथा भाषा संरक्षणमा सरकारले गर्नुपर्ने सहयोगको बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा डा विश्वकर्माले नेपाली बाहुल्य भएको ठाउँहरु जस्तै सिड्नीका पश्चिमी क्षेत्रहरु कयाम्सी, रक्देल, मिन्टो, कम्प्बेलटाउन, अबर्न लगायतका क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा  नेपाली भाषा कक्षा संचालन गर्न माग गरेको जानकारी दिए ।

उक्त बैठकमा नेपाली भाषीहरुको बाहुल्यता रहेका क्षेत्रका सरकारी स्कूलहरुमा नेपाली बिद्यार्थी उल्लेख्य मात्रामा रहे पनि नेपाली भाषी  शिक्षकको अभाब रहेकोले  एनएसडब्लु मन्त्री मिशेलले नेपाली भाषी शिक्षक तयारीका लागि सामुदायिक भाषा बिद्यालय मार्फत आबस्यक छात्रवृति तथा सहयोग गर्न लागिएको जानकारी समेत  गराए । 

एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले नेपाली भाषा कक्षा संचालन गर्न गरिरहेको प्रयास स्वरुप उक्त बैठकको आयोजना गरिएको डा. बिश्वकर्माले रातोपाटीलाई बताए ।

यस बैठकमा एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले कयाम्सी क्षेत्रमा नेपाली भाषा कक्षा संचालन गर्न कयाम्सी पब्लिक स्कुलको प्रिन्सिपल संग सहकार्य गरेको र स्कुलको प्रिन्सिपल पनि नेपाली भाषा बिषय पढाउने  बिषयमा  सहमत रहेको मन्त्री समक्ष जानकारी गराएकी थिइन्   ।

क्याम्प्सी क्षेत्र नेपालीहरुको तेस्रो जनघनत्व रहेको क्षेत्रमा पर्दछ । नेपाली समुदायको बढ्दो जनसंख्यालाइ मध्यनजर गर्दै आफुले उक्त कुरालाई अगाडी बढाएको जानकारी दिदै संसद सोफी कोत्सिसले नेपाली भाषाकक्षा संचालन गर्न   सरकारले  सक्दो सहयोग गर्नुपर्ने माग मन्त्री समक्ष राखे ।  

डा. बिश्वकर्मा र संसद  कोत्सिसको मागप्रति आफू सकारात्मक रहेको जनाउँदै  मन्त्री मिचेलले अहिले एक जना नेपाली शिक्षकलाई छात्रवृति प्रदान गरि पढाई रहेको जानकारी समेत गराइन्। 

साथै सामुदायिक भाषा बिद्यालय मार्फत आबस्यक कोर्स पढ्ने व्यवस्था गर्न सिड्नी बिश्वबिध्यालय तथा वेस्टर्न सिड्नी बिश्वबिध्यालय संग सहकार्य भैरहेको बताए । 

शिक्षा सेवामा प्रबेस गर्न चाहने नेपालीलाइ प्रतिस्पर्धाका आधारमा शिक्षक तालिम प्रदान गर्ने व्यवस्था गरिने मन्त्री मिचेलले जानकारी गराइन ।

त्यसैगरी उक्त बैठकमा नीति सल्लाहकार जेसिका निली तथा शिक्षा मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो । 

यो प्रयास नेपाली समुदायको लागि एक महत्वपुर्ण र एतिहासिक भएको भन्दै डा बिश्वकर्माले भने नेपाली भाषा अस्ट्रेलियाको सरकारी बिधालयमार्फत नेपाली  शिक्षा लिएका  नेपाली भाषाको अस्तित्वलाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने कडीको रूपमा लिएको र त्यसको पहल गर्न पाउदा आफू खुशी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप