बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेश पुगेका अभियन्ता रायलाई राजदूतको प्रशंसापत्र

बिहीबार, २३ माघ २०७६, १९ : ३४
बिहीबार, २३ माघ २०७६

काठमाडौं । एकजना बंगलादेशी नागरिकको परिवारलाई खोज्न बंगलादेश पुगेका समाजिक अभियन्ता सरोज रायलाई बंगलादेशका लागी नेपाली राजदूत वंशीधर मिश्रले प्रशंसापत्र प्रदान गरेका छन् । राजदूत मिश्र र अभियन्ता रायबीच माघ २१ गते भेटघाट भएको थियो । सो भेटघाटको क्रममा समाजिक अभियानमार्फत पीडित व्यक्तिलाई गरेको उद्धार सराहनीय रहेको भन्दै राजदूत मिश्रले रायको प्रशंसा गरेका थिए । 

रायले साउदी जेलमा रहेका उमेश यादवलाई फाँसी हुनबाट जोगाई फर्काएर नेपाल ल्याएकामा पनि राजदूतले प्रशंसा गरेका थिए । केहि दिन अगाडि एक बगंलादेशी नागरिकको घरपरिवार खोज्न तथा मानिकगञ्ज शहरमा युके निवासी डा.कुरेशी र अकिज टेक्सटाइट कम्पनीको सहयोगमा आयोजित निशुल्क कृतिम खुट्टा लगाउने शिविरमा स्वयम सेवाका लागी राय बंगलादेश पुगेका हुन् ।

जुन व्यक्तिको घरपरिवार पनि खोज्न त्यहाँ गएका थिए । त्यसका लागि रायले निकै प्रयास गरे । बंगलादेशीलाई नेपालमा अलपत्र रहेका बंगलादेशीको फोटो र भिडियो देखाएका थिए तर उनको घरपरिवार फेला नपरेको रायले बताए । यद्यपि उनको खोजी कार्य जारी राख्ने पनि उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप