शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा भूकम्प

बिहीबार, २३ माघ २०७६, १८ : ४९
बिहीबार, २३ माघ २०७६

एजेन्सी । जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।  मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।  

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशील मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप