बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुनसुकै ओहोदाका भएपनि कूलतमा फसेर अपराध गर्नेले उन्मुक्ति पाउँदैन: आइजीपी खनाल

बिहीबार, २३ माघ २०७६, १८ : १३
बिहीबार, २३ माघ २०७६

बुटवल । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध समस्यालाई प्रहरी र स्थानीय सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज बुटवलमा आयोजित  निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्दको उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले लागूऔषधको समस्या देशभर रहेकोले त्यसलाई रोक्नका लागि प्रहरीले स्थानीय तहसँग मिलेर काम गर्ने अभियान चलाएको बताएका हुन् ।

उनले परामर्श केन्द्र स्थापना गरेर काम गर्दा लागूऔषधको समस्या नियन्त्र गर्न सकिने विश्वास समेत व्यक्त गरे । महानिरीक्षक खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श कन्द्र सञ्चालनमा ल्याइएको बताए ।

भारतसँगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसारपसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै उनले समुदायको सहयोगले मात्र लागूऔषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए । कूलतमा फसेकालाई परामर्शमार्फत पुनस्र्थापना गर्न केन्द्रको स्थापना गरिएको समेत उनले जिकिर गरे । खनालले कुनै पनि पहुँच वा ओहादाका भएपनि कूलतमा फसेर अपराध गर्नेलाई भने उन्मुक्ति नदिइने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामुहिक प्रयास जरुरी रहेको बताए । सो अवसरमा परामर्श केन्द्र सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक हेमबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बुटवलको वडा नं. ५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप