काँग्रेस भ्रष्टाचारको पक्षमा देखियो : सांसद बिडारी (भिडियो)
काठमाडौँ । ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तपक्षका सांसदले भने काँग्रेस भ्रष्टाचारको पक्षमा लागेको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गर्दा प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको बताए ।
बिहीबारको बैठकमा उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न आक्रामक अरुमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गरे ।
सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल महाचिव विष्णु पौडेल लगायतविरद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर हुनु वदनीयतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘‘भ्रष्टाचार व्याप्त गराए । बडो खुसी मनाए व्याप्त छ भनुन्जेल । जटिल बनाएर राखे भ्रष्टाचारलाई । यस्तो जटिल बनाए कसैले पनि त्यहाँ गएर एक्सन गर्नै नसक्ने भए । त्यस्तो बनाउँदा खुसी भएर हाँसे । विगतदेखि यस्तै यस्तै भयो । वर्तमान ओली नेतृत्वको नेपाल सरकारले त्भित्रभित्रै ब्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आयो । यसमा त सबैजना खुसी हुनुपर्ने हो नी । वाह वाह गजब गर्यो भन्नुपर्ने हो नि ।’’
‘सुन तस्करी गरे । सुन चोरेर ल्याए । मस्त सँग चोरे । चोर्नेको कुरा एउटा विचराले देख्यो । त्यसलाई पनि गोली हानेर मारे । अनि त्यो मुद्दा मारेर क्या मजासँग गद्गद् हाँसेर बसे । यही सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो । समात्यो, पक्राउ ग¥यो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खोइ ठूलो माछा भनेर उफ्रिन्छ । फेरि त्यसलाई कत्रो ठूलो माछा चाहिएको रहेछ । यो पनि बुझ्न सकिएन्’, उनले भने ।
न्यायाधीहरुलाई कारवाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्दै उनले अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्धा दायर भएको बताए ।
‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ,’’, उनले भने, ‘‘यो सरकारले गजब ग¥यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ? एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानोलाई किन नगरेको मेरो मान्छेलाई किन ग¥या त्यो अर्कोलाई किन नग-या भन्छ ।’’
उनले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामर्लाइ अपराध मान्न नसकिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन