दीपक मनाङेले झापड हानेका मिलन गुरुङ २ लाख धरौटीमा छुटे
बिहीबार, २३ माघ २०७६, १४ : ०२

पोखरा । दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ जेलबाट छुटेका छन् । उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन छुटेका हुन् ।
मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।
प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा