बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको तीजमा ‘सम्हालिन्छ कहिले मन’

बिहीबार, २३ माघ २०७६, १२ : ४७
बिहीबार, २३ माघ २०७६

काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन मिति तय भएको छ । निर्माण युनिटले ५ भदौलाई फिल्मको प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेका हो ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । 

नयाँ बर्षको तीजलाई लक्षित फिल्म प्रदर्शनमा ल्याउन लागिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म अव  सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’सँग भड्ने छ । 

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’मा पूजा र आकाशको अलवा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ । 

सौरभ लामाको छायाँकन, महेश दवाडीको लेखन रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताइएको छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेलले संगीत भरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप