बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चपली हाइट ३’ ले दर्शकलाई बैंकक घुमाउने

बिहीबार, २३ माघ २०७६, १२ : ४४
बिहीबार, २३ माघ २०७६

काठमाडौं । दर्शक लोभ्याउन निर्माण युनिटले फिल्मको प्रचार प्रसार समय विभिन्न उपहार योजना अगाडि सार्ने गरेका छन् । यस्तैमा २८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ले पनि दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना ल्याएको छ । 

निर्माण युनिटले फिल्मको केही दिन पहिले सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनु पर्ने  र त्यसरी बनेका टिकटक मध्य उत्कृष्ट एकलाई बैंकक घुमाइने योजना ल्याएको हो ।

फिल्मका निर्माता अर्जुनकुमारले सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियो मध्ये एउटा विजेता घोषणा  सहित बंैकक टुरको प्याकेज दिने बताए ।

निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय रहेको छ । 

सस्पेन्स र थ्रिलर बिषय निर्माण भएको फिल्म अर्जुनकुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप