गीतसंगीतले दर्शक हलसम्म तान्न सक्छः गायक प्रमोद
बिहीबार, २३ माघ २०७६, १२ : ०४
दाङ । गायक प्रमोद खरेलले चलचित्र राम्रो र व्यवसायिक हुनका लागि गीत संगीतमा समेत मिहिनेत गर्नुपर्ने बताएका छन् ।
सुगम संगीतका अलवा चलचित्रको पाश्र्व गायनमा समेत व्यस्त खरेलले चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रको गीतसंगीत बलियो भयो भने मात्र फिल्मले चर्चा र दर्शक पाउँने बताए ।
‘गीत संगीतले दर्शक हलसम्म ल्याउने क्षमता राख्छ’ खरेलले भने ‘त्यसका लागि मौलिककता खोजिनु पर्छ ।’
चलचित्र पत्रकार संघ दाङ साखाका अध्यक्ष शिव पुनको अध्यक्षता सम्पन्न कार्यक्रममा खरेलले गीत संगीतमा लाग्नेलाई माटो सुहाउँदो श्रृजना गर्न समेत सुझाए ।
गीत संगीतमा दर्शक तान्ने ठूलो शक्ति र उर्जा भएकै कारण निर्माण युनिटले यसमा ठुलो लगानी गर्ने गरेको बताएका खरेलले गीतका कारण फिल्म चलेका केही उदाहरण समेत पेस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल