घटेनन् सीपबिना नै विदेश जाने महिला

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो ।
सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र रहेका छन् ।
यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता