मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारले दायर गरेको मुद्दाको प्रकृतिले प्रश्न उब्जाएको छ: रामचन्द्र पौडेल

बुधबार, २२ माघ २०७६, २२ : ४५
बुधबार, २२ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् । पौडेलले सो मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको दाबी समेत गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेलगत्तै नेता पौडेलले सो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै   नेता पौडेलले भनेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन् ?’ यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अख्तियारले चालेको सो कदमप्रति असन्तुष्टि जनाएका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप