शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

बुधबार, २२ माघ २०७६, २१ : १९
बुधबार, २२ माघ २०७६

नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । 

    नागरिक उड्डययन प्राधिकरण भरतपुरले मङ्गलबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार एक चिकित्सक, एक प्यारामेडिक्स र एक नर्सिङ स्टाफ कक्षमा छन् । उनीहरुले जहाजबाट झरेका यात्रुको अबस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । 

    चीन र चीन ‘ट्रान्जिट’ भएर विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको ‘आइसोलेसन’ कक्षमा पठाइने व्यवस्था मिलाइनेछ । नागरिक उड्डययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने भएकाले जोखिम हुनसक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष स्थापना गरिएको बताउनुभयो । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप