शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईबिरुद्ध मुद्दा नचल्ने

बुधबार, २२ माघ २०७६, १८ : ५१
बुधबार, २२ माघ २०७६

काठमाडौं ।  ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्र्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको भएपनि नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि भने मुद्दा नचलेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा मन्त्रीपरिषद्को निर्णय नपर्ने कानूनी व्यवस्था छ । साेही  कारण साे प्रकरणमा नाम मुछिएको भएपनि पूर्वप्रधानमन्त्री द्वय नेपाल र भट्टराईका विरुद्ध भने मुद्दा दायर नगरिएको हो ।  अख्तियारले आफ्नो निर्णयमा उनीहरुविरुद्ध मुद्दा चलाउन नसकिने भन्दै कैफियतमा उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप