बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पराजित हुँदा त्रिवि मैदानमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

बुधबार, २२ माघ २०७६, १७ : १६
बुधबार, २२ माघ २०७६

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । 

 बुधवार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग  १८ रनले पराजित भएको हो । 

ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६‍.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो । 

नेपालको ब्याटिङमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए  भने  अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।  

तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन ।  नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट लिएका थिए ।

नेपालको खेल हेर्नका लागि उल्लेख्य संख्यामा क्रिकेटप्रेमीहरु त्रिवि क्रिकेट मैदान पुगेका थिए । 

खेलका तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप