शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस छानविन समिति संयोजकको खोजीमा, बैठक सर्‍यो

बुधबार, २२ माघ २०७६, १७ : ०३
बुधबार, २२ माघ २०७६

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

बिहीबार (भोलि)का लागि बोलाइएको बैठक माघ २७ गते (सोमबार)का लागि सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार तयारी नपुगेकाले बैठक सोमबार सारिएको हो । 

माघ १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सहमति बमोजिम महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता छानबिन समिति गठन, विधानका धारा निलम्बन लगायतका प्रस्ताव पेश भएको थियो । 

प्रस्तावअनुसार बिहीबारको बैठकमा विधानका धारा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति गठन गर्ने एजेण्डा थियो ।

छानविन समितिको जिम्मेवारी कसलाई दिने भन्नेमा शीर्ष नेताहरुबीच छलफल हुन नसकेकाले बैठक सारिएको बुझिएको छ । 

१३ गतेको बैठकमा छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । यद्यपि उनी अस्वस्थ रहेकोले अन्यलाई जिम्मेवारी दिने कि भन्ने विषयमा पनि कुरा उठेको थियो । 

तर, आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग राखेको छ ।

१३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।

सदस्यमा सभापति शेरबहादुर देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने सहमति भएको थियो । 

तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप