भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा
बुधबार, २२ माघ २०७६, १६ : ३२
भक्तपुर– राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टी.एम.सेवा संचालनमा ल्याएको छ ।
उक्त ए.टी.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका छन् । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने उनले बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त ए.टी.एम.बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर