कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार
बुधबार, २२ माघ २०७६, १४ : ०८

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् ।
चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ । यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ ।
भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन् । चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प