बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय शिक्षण प्रणालीभित्रका विकृति र विद्यार्थी एजेन्डा

बुधबार, २२ माघ २०७६, १२ : ३६
बुधबार, २२ माघ २०७६

–बालकिशोर माझी

विद्यार्थी सङ्गठनको प्राथमिकतामा शिक्षा क्षेत्र सुधार कहिल्यै परेन हिजोको राज्य व्यवस्थाका विरुद्ध वा राजनीतिक परिवर्तनका निमित लडेको कथन गर्ने प्रवृत्ति अझै विद्यार्थी सङ्गठनका नेताहरुमा हावी भएको देखिन्छ । देशमा राजनीतिक परिर्वतन भई देश गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर पनि राजनीतिक पार्टी र यसका विद्यार्थी सङ्गठन अझै भन्दैछौँ पहिला राजनीतिक अवस्था सुधार होस् अनि शिक्षामा सुधार गर्नुपर्छ । यो राजनीतिक दलको पुरानै रोग हो । 

हरेक पार्टी र त्यसका विद्यार्थी सङ्गठनले पार्टीको नीति र सिद्धान्तसँगै शिक्षालाई समेट्न खोज्यौँ । शिक्षाले नै राजनीतिज्ञ बनाउने हो भन्ने कुरा हामीले कहिल्यै बुझेनौँ । शिक्षालाई परिवर्तन गर्न जरुरी ठानेनौँ, शिक्षालाई हामीले राजनीतिसँग जोड्यौँ तर शिक्षाले राजनीतिलाई नियमन गर्छ भन्ने कुरा बुझेनौँ युरोपियन देशहरूले शिक्षामा विभिन्न प्रयोग गर्दै अगाडि बढेका छन् । हामी उही घोकन्ते पद्धति अनुसरण गर्दैछौँ । 

देशको ठूलो अनि जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले अँगालेको शिक्षा नीति बेलायतबाट फ्याकिँदै भारत हुँदै नेपाल ल्याइएको नीति हो । जसका कारण हामीभित्र तहगत सोचले जरा गड्यो । फलस्वरूप विश्वविद्यालय कहिल्यै समयअनुसार चल्न सकेन । हामीले शिक्षालाई आफ्ना राजनीतिक आदर्श, सिद्धान्तअनुसार व्याख्या ग¥यौँ । तर कहिल्यै यसको कार्यान्वयन र दीर्घकालीन योजना दिन सकेनौँ । वास्तवमा हाम्रा राजनीतिक पार्टीले शिक्षालाई वादी बनाएकै हुन् । 

तत्कालीन माओवादी र यसको विद्यार्थी सङ्गठनले १० वर्षे जनयुद्धमा जनवादी शिक्षाको नारा लगायो । तर आज आफै सरकार सञ्चालक र शिक्षा मन्त्री स्वयम् जनयुद्ध लडेर आएका व्यक्ति शिक्षा मन्त्री हुँदा पनि उसले वकालत गरेको जनवादी शिक्षा कार्यान्वयनको कुनै योजना ल्याउन सकेको छैन । त्यसो त नेपाली काङ्ग्रेसले समाजवादी शिक्षाको परिकल्पना ग¥यो । तर समाजवादी शिक्षा के हो ? कस्तो हुनुपर्छ भन्ने कुरामा आजसम्म उसले कुनै आधार नै दिनसकेको छैन । 

हाम्रा विद्यार्थी सङ्गठनले विश्वविद्यालय सुधारको अभियानमा लाग्नुपर्ने हो । तर ठीकविपरीत आज विश्वविद्यालयमा क्रियाशील सङ्गठनको आचरण र व्यावहारमा फरक हुँदा झनै विकृति बढेको छ । विश्वविद्यालयमा विद्यार्थी हक, अधिकार, शिक्षा सुधारमा लाग्नुपर्ने विद्यार्थी नेताहरु थेसिस दलाली, परीक्षामा अनियमितता गर्नमा व्यस्त हुँदा विश्वविद्यालयमा झन् समस्या थपिँदै गएको छ । 

शिक्षा दिने शिक्षकका कुरा
हाम्रो विश्वविद्यालयले अँगालेको शिक्षा नीति घोकन्ते, रटाने र किताब केन्द्रित छ भने पढाउने शिक्षकले पनि विद्यार्थी घोकाउनुपर्छ भन्ने मानसिकता बोकेका छन् । शिक्षकले त यहाँ समाज, संस्कृतिको यथार्थ विषयवस्तुलाई प्राथमिकता दिन पथ्र्यो न कि किताबी ज्ञान, किताबमा लेखिएका कुरा स्वयम् विद्यार्थीले अध्ययन गर्नसक्छ भन्नेसम्म हेक्का राखेको पाइँदैन । विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक विद्यार्थीप्रति जिम्मेवार हुनुपर्ने हो । तर यहाँ त ठीक उल्टो राजनीतिक पार्टी, दलप्रति बढी जिम्मेवार भएको देखिन्छ । हामीकहाँ छिमेकी देश चीनको जस्तो न राजनीतिक संरचना छ न त युरोेपियन मुलुक जस्तो स्वतन्त्र ढङ्गले पढाउने शिक्षक छन् । पञ्चायत कालपछि दलहरुले शिक्षामा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता गरे आज देश गणतन्त्रमा पुगिसक्यो । तर शिक्षामा कुनै परिवर्तन देखिएन । बरु हिजो सामाजवादी र जनवादी शिक्षाको वकालत गर्नेहरु नै संविधानमा समेटिएको सर्वसुलभ शिक्षाको धज्जी उडाउँदै शिक्षाका व्यापारी भएर मजदुर, विपन्न जनतालाई लुटिरहेका तमाम उदाहरण छन् । 

विश्वविद्यालयको शिक्षा नीति
हाम्रो शिक्षा व्यवस्था बेलायत लगायत युरोपेली मुलुकले प्रयोेग गरेर फ्याँकेको शिक्षा नीति हो । हाम्रा विश्वविद्यालयमा टीओआर कहिल्यै संस्कृति भएन, कामभन्दा बढी हामीले समयलाई महत्त्व दियौँ । त्यसैले शिक्षक, विद्यार्थीको गुणस्तर मापन हाजिर बन्यो । हामीले शिक्षालाई व्यवस्थित बनाउन विद्यार्थी चापलाई ख्याल गर्नुपथ्र्यो । तर कहिल्यै गरेनौँ । त्यसैले २०३२÷३३ पछि हामीले हाम्रा क्याम्पस थप्नेसम्म जमर्को गरेनौँ । अझै भन्नुुपर्दा देश सङ्घीयातामा गएपछि देशभित्र रहेका करिब १२ विश्वविद्यालयलाई प्रान्तीय पहुँचमा लिने नीति सरकारले लगेको छ । तर सरकारसँग यसको यथेष्ट गृहकार्य छैन । विश्वविद्यालय कहाँ खोल्ने ? पूर्वको पूर्वाञ्चाल विश्वविद्यालय प्रदेश १ को प्रन्तीय आधारमा राख्दा काठमाडौँमा रहेका उसका सम्बन्धन प्राप्त क्याम्पस के गर्ने ? भन्ने सरकारले कहिल्यै चर्चा गरेको छैन । 

उता सबैभन्दा जेठो विश्वविद्यालय सबै कुराले सम्पन्न छ । त्यहाँको भौतिक संरचना, उच्च शिक्षाका करिब ९६ प्रतिशत जनशक्ति, नेपाल सरकारको ९० प्रतिशत लगानी, आफ्नै अङ्गिक क्याम्पसहरु छन् । तर सन् १९८० को दशकमा त्रिभुवन विश्वविद्यालयले स्वायत्त व्यवस्थापन अङ्गीकार गरेपछि विश्वविद्यायमा राजनीतिक पार्टी र यसका कार्यकर्ताको हालिमुहली बन्यो । पार्टीपिच्छे विद्यार्थी सङ्गठन, शिक्षक सङ्गठन, प्रशासनको हालिमुहालीले त्रिभुवन विश्वविद्यालय दिन प्रतिदिन खस्किँदै गयो । विकेन्द्रीकरण कागजको खोस्टोमा सीमित रह्यो । कलेज, क्याम्पसका शिक्षक, प्रमुखहरु राजनीतिक भगबण्डामा नियुक्ति लिन थाले र विश्वविद्यालयको स्वायत्तता राजनीतिक पार्टीको सिकार भयो । त्रिभुवन विश्वविद्यालयको मात्र यो हालत होइन हाम्रा अन्य विश्वविद्यालयको हविगत पनि उही छ । पूर्वाञ्चल विश्वविद्यालयमा आजको दिनसम्म भीसी नियुक्ति सरकारले गर्न सकेको छैन । त्यसको प्रत्यक्ष असर र विश्वविद्यालयको कार्य सम्पादनमा परेको प्रष्टै देखिन्छ । यस्तो अवस्थाले हाम्रा विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्लान् ? 

विश्वमा धेरै यस्ता विश्वविद्यालय छन् जहाँ आफ्ना विद्यार्थीलाई सरकारका नीति कार्यक्रम बारे छलफल गराउँछन्, अनुसन्धान गराउँछन्  र राज्यलाई सघाउँछन् । उदाहरणका लागि हाम्रै छिमेकी मुलुक चीनको सङ्घाई विश्वविद्यालयले सरकारका विभिन्न क्षेत्रमा नीतिगत छलफलमा आफ्ना विद्यार्थी समावेश गर्छ । तर हाम्रा विश्वविद्यालय सरकारका नीति कुर्छौं । विश्वका कैयौँ विश्वविद्यालयले समुदायबीच गएर त्यहाँको धर्म, संस्कृति, रीतिरिवाज र सभ्याताको अनुसन्धान गर्छन् । तर हामीकहाँ खाए खा नखाए घिचको अवस्था छ । अनुसन्धान परको कुरा भयो, हाम्रो विश्वविद्यालयमा विद्यार्थीका सोधपत्र, थोसिस चोरी र बिक्री हुन्छन् । अनि काहाँबाट परिवर्तन हुन्छ ? 
भारतको जवाहरलाल विश्वविद्यालय विद्यार्थी राजनीतिका लागि निकै उर्वर भूमि मानिन्छ । यस विश्वविद्यालयका विद्यार्थी नेताहरु अध्यायनशील, अनुसन्धानकर्ताका रूपमा बढी चिनिन्छन् । नेहरु विश्वविद्यालय त्यस्तो विश्वविद्यालय हो जहाँ विद्यार्थीबीच विचार शृङ्खला, समसामयिक, राजनीतिक, अनि आर्थिक विषयमा छलफल गराइन्छ  र बौद्धिक खुराक देशलाई दिन्छ र पो कनैया कुमार, सहेला रसिद जस्ता युवा विद्यार्थी नेताहरु देशले प्राप्त गर्छ । हाम्रोमा हाम्रा विश्वविद्यालय र विद्यार्थी सङ्गठन नेहरु विश्वविद्यालय जस्तो वैचारिक बहस चलाउन रुचाउँदैनन् । सरकारका काम, कर्तव्य, अधिकार र नीतिको अनुसन्धान गर्दैनन् । बरु हाम्रा विद्यार्थी नेताहरु राजनीतिक आडमा विश्वविद्यालयको अनुदान, छात्रवृत्तिमा अनियमितता, भ्रष्टचार, थेसिस चोरी र परीक्षामा अनियमितता गरी पुँजीको जोहो गर्न अग्रसर हुन्छन् । यस्तो नेतृत्वबाट शिक्षामा सुधारको पहल कदमी होला त ? 
विश्वविद्यालयको शिक्षा नीति परिवर्तन गर्न विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठन, सरोकारवालाहरु एक ठाउँमा उभिएर सरकारलाई दबाब दिन जरुरी छ । हिजो राजनीतिक परिवर्तनका लागि लडेका विद्यार्थी सङ्गठनले अब शिक्षा सुधारका लागि लड्न जरुरी छ । विद्यार्थीको अधिकार सुनिश्चितताका लागि आफू सङ्गठनमा लागेको बताउने नेताहरुले क्याम्पसका गेट कुरेर वर्षौंसम्म स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति माथि मिति कुर्ने कि शिक्षा परिवर्तनको निम्ति पनि लड्ने ? अब सोच्न जरुरी छ । शिक्षा नीति परिवर्तनका लागि पठनपाठन र परीक्षा प्रणालीमा पुनरविचार गर्न जरुरी छ । अनि मात्र नेतृत्व जन्मने छ । विचारको पहिचान हुन्छ । त्यसैले चुनौतीलाई सामाना गरौँ, सोच्ने शैलीमा परिवर्तन गरौँ, हाजिर कापीले गुणस्तर होइन टीओआर प्रणालीको विकास गरौँ । युवा विद्यार्थीबीच हाम्रो शिक्षा नीतिका बारेमा बहस गरौँ । हाम्रा विश्वविद्यालय व्यवस्थापन गर्न सजिलो छ । गाह्रो छ त केवल विचार फेर्न, त्यसैले आउनुहोस् सम्पूर्ण सरोकारवाला विचार फेरौँ विश्वविद्यालय सुधारतिर लगौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप