मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जको न्यूरोड र बीपी चोकमा सिद्धार्थ बैंकको शाखा संचालनमा

बुधबार, २२ माघ २०७६, १२ : १०
बुधबार, २२ माघ २०७६

नेपालगञ्ज– सिद्धार्थ बैंकले यही माघ २१ गतेबाट बाँकेको नेपालगञ्जस्थित न्यूरोड शाखा र बी.पी. चोक शाखा संचालनमा ल्याएको छ ।

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो ।

त्यसैगरी बी.पी. चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियो। 

बैंकले शाखाबाट कारोबार सुरु गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप