रामकृष्ण ढकाल सिड्नी आउँदै
नेपाली सुगम साङ्गितिक आकाशका उत्कृष्ट सर्जक रामकृष्ण ढकाल सिडनी आउने भएका छन् ।
कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसको आयोजनामा आगामी मार्च ६ तारिक शुक्रबारको दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा ‘रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड’ का लागि उनी सिड्नी आउन लागेका हुन् ।
बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल लाईभ ब्याण्ड सहित रामकृष्णले त्यस दिन ‘बिहान उठ्ने बित्तिकै हिमाल’, ‘ओराली लागेको’, ‘माया गर्नेको चोखो माया’, बचन तोडे कसम नै तोडे’, ‘हिरा काट्ने हिरैमा राखेर,’ ‘बाँचुञ्जेलीलाई’ लगायतका डेढ दर्जन उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने भएका छन् ।
सिड्नीमा आफ्नो साङ्गितिक प्रस्तुति बारे प्रतिक्रिया दिँदै ढकालले भने, ‘सिड्नीमा रहनु हुने नेपालीहरू माझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अवसरको रूपमा लिएको छु । म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीहरूलाई भेट्न आतुर छु ।’
ढकाल अहिले नेपालमा उत्कृष्ट आबाज खोज्ने कार्यक्रम वाई वाई नेपाल स्टारका निर्णायक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्रष्टाचार अन्त्य गरि सुशासन कायम माओवादीले मात्र गर्छ’
-
सामुदायिक खानेपानी प्रणाली माथि लाग्दै आएको कर खारेज गर्छौँ : मन्त्री यादव
-
पाथीभरामा केबलकार निर्माण कार्य खारेजीको माग, कसले के भने ?
-
विश्वविमोहन श्रेष्ठका तीन कविता
-
नेपालका निधि हाम्रा निधि पनि थिए
-
कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन