३७ सय यात्री बोकेको क्रुजभित्र थिए एक संक्रमितः ३१ जनाको रगत परीक्षणको नतिजा आउँदा १० मा देखियो कोरोना भाइरस
जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र भएका अन्य १० जनामा पनि कोरोना भाइरस भेटिएको जापानका स्वास्थ्यमन्त्री कात्सुनोबो कातोले बुधबार जानकारी दिए ।
द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित समाचारमा जहाजभित्र ३५ सय यात्री भएको बताइएको थियो । जहाजभित्र यात्रा गरिरहेका ८० वर्षे यात्रीलाई निमोनिया पैदा गर्ने भाइरस लागेको भेटिएपछि उक्त जहाजलाई गत सोमबारदेखि योकोहामाको बन्दरगाहमा छोडिएको थियो ।
२ सय ७३ यात्रीको रगत परीक्षण गरिएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । तीमध्ये ३१ जनाको नतिजा आएकोमा १० जनामाथि भाइरसको संक्रमण देखिएको मन्त्रालयले बताएको छ । संक्रमित १० जनालाई कानागावा प्रान्तस्थित अस्पताल पुर्याएको जानकारीमा उल्लेख छ ।
एनएचकेका अनुसार परीक्षण चलिरहेका बेला सबै यात्रीलाई आफ्नो क्याबिन भित्रै बस्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
