अचम्मै ! रिस, शोक, डर, चिन्ता र तनावले त यस्तो पो हुँदो रहेछ
रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै हुँदैन भनेर भन्छ भने मान्नुहोस्, या त त्यो मानिस मुर्दा हो या त त्यो मानिस नभएर रोबट हो । माथि उल्लिखत सबै कुराहरु मानवमा हुने प्राकृतिक कुराहरु हुन् ।
रोचक कुरा चाहिँ के छ भने ती सबै कुराहरुले हाम्रो शरीरलाई कुनै न कुनै रुपमा क्षति पुर्याइरहेकै हुन्छ ।
जस्तो कि, हामी रिसाउँदा त्यसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोक गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा त्यसले हाम्रो आमाशयलाई कमजोर बनाइदिन्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गरिबस्ने मानिसको पाचनप्रणालीले राम्रो काम गर्न सक्दैन ।
यी माथिका कुराहरु पन्छाउनै नसकिने कुराहरु हुन् तर तिनलाई आत्मनियन्त्रणका विधिहरुबाट कम गर्न भने सकिन्छ । यति कुरा थाहा पाइसकेपछि अब तपाईं हामी पनि डर, शोक, रिस, चिन्ता र तनाव कम लिने पो हो कि ?
Title Photo: https://www.netclipart.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा मन्त्रीमण्डल विस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म
-
सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट