बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

मङ्गलबार, २१ माघ २०७६, २३ : ३७
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न सुझाव दिएकी छिन् । उनले चीनमा रहेका नेपालीहरुलाई फर्काउन कुटनीतिक माध्यामबाट कुराकानी गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

राजदूत यान्छीले वुहानमा रहेका नेपाली विद्यार्थीहरु बेइजिङस्थित नेपाली दूतावस र चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभागसँग नियमित सम्पर्कमा रहेको बताइन् ।   केही हप्तायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका एक दर्जनभन्दा बढी देशहरु प्रभावित भैसकेका छन् भने चीनमा ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त भाइरसबाट १५ हजारको हाराहारीमा सर्वसाधारणहरु संक्रमित भएको रिपोर्ट बाहिर आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप