राप्रपाको सक्रिय सदस्यता फारम वितरण अभियान शुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको कार्यतालिका अनुसार सक्रिय सदस्यता फारम वितरण अभियानअन्तर्गत आज पार्टीका अध्यक्ष कमल थापालगायत पदाधिकारीलाई फारम वितरण गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले पार्टी पदाधिकारीलाई सदस्यता फारम हस्तान्तरण गरेका हुन् । आगामी चैत १५ गतेसम्म वितरण गरिने उक्त फारम पार्टीमा कम्तीमा तीन वर्ष योगदान गरेकालाई वितरण गर्ने नीति छ ।
सक्रिय सदस्यता फारम बुझ्दै अध्यक्ष थापाले कार्यतालिका बमोजिम आफ्नो काम तोकिएको समय सीमाभित्र कार्यसम्पन्न गर्न निर्वाचन समितिलाई आग्रह गरे । उनले सक्रिय सदस्यताको आधारमा पार्टीको महाधिवेशन प्रतिनिधि छनोट हुने हुँदा जनताको सेवालाई केन्द्रमा राखेर सङ्गठनका गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
समितिका अध्यक्ष गुरुङले निर्धारित समयअवधिभित्र फारम वितरण कार्यसम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले सक्रिय सदस्यता फारम वितरणसँगै सातै प्रदेशमा निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको पनि मिति तय गरिएको बताउँदै यही माघ २९ देखि फागुन १६ गतेसम्म सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिए । पार्टीले आगामी जेठ २५ गते महाधिवेशनको मिति तय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा