शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५% सम्मको छुट

मङ्गलबार, २१ माघ २०७६, १८ : ४६
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं–सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेस्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । 

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज तथा पोखरा स्थित फिस्टेल लजमा फूड, वेभरेज अनि वेकरीमा भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् । 


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप