शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ माग २४ बाट हुँदै

मङ्गलबार, २१ माघ २०७६, १८ : ४०
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं– आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ आयोजना हुने भएको छ । 

फर्टेक्स ट्रेड फेअर एण्ड इभेन्टस र मिडिया स्पेस सोलुसन्सले मंगलबार पत्रकार सम्मेलन गरी संयुक्तरुपमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी गराएका हुन् । 

मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने बताए । उनले विभिन्न १५ देशका ३ सय भन्दा बढी ब्राण्डसहितका २ सय स्टल रहने जानकारी समेत दिए । 

प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पु¥याउने भट्टराईले बताए ।

प्रदर्शनीबाट घर बनाउन चाहने व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजाइनर लगायतले फाइदा लिन सक्ने छन् । प्रदर्शनी यही माघ २४ देखि २६ गते सम्म चल्ने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप