शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुँदै

मङ्गलबार, २१ माघ २०७६, १८ : ३१
मङ्गलबार, २१ माघ २०७६

चितवन । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ । 

यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ । 

भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक लोक प्रताप राणाले जानकारी दिए । 

उनका अनुसार प्रत्येक टीमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमतिपत्र लिएका ३ विदेशी खेलाडी समेत समावेश गर्न पाउने छन् । 

गोल्डकपमा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १० हजार र मेडल प्रदान गरिने छ । 

त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार नगद पनि प्रदान गरिने राणाले जानकारी दिए । 

 प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप