शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा चार विधेयक पेश

मङ्गलबार, २१ माघ २०७६, १७ : ५२
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’  पेश गरेका हुन् । 

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप