नोबेलले २ अर्बको लागतमा सुविधासम्पन्न कलेज भवन बनाउने

बिराटनगर । नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटलले ठुलो रकम खर्चेर सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ । विद्यार्थीहरुको अध्ययन÷अध्यापनलाई थप सहज बनाउने उद्देश्यले २ अर्बको लागतमा नयाँ स्तरीय कलेज भवन निर्माण गर्न लागिएको नोबेलले जनाएको छ ।
कञ्चनवारी स्थित कलेज परिसर भित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायत रहनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र भवन निर्माण सम्पन्न हुने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
९ तला बन्ने उक्त भवन २ लाख २४ हजार स्क्वायरफिटको हुँनेछ । नयाँ स्तरीय भवन निर्माण हुने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने भएको छ । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।
नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य