शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा बोइलर कुखुरा आयत नभएपछि मासुको अभाव

मङ्गलबार, २१ माघ २०७६, १७ : ४८
मङ्गलबार, २१ माघ २०७६

ओखलढुंगामा बोइलर कुखुरा आयात नभएपछि मासुको अभाव भएको छ । यसअघि ह्याचरी व्यवसायीले चल्ला बिक्री नभएको भन्दै बिरोध स्वरुप बोइलर कुखुराका चल्ला नष्ट गरेको थियो । 

 सदरमुकाममा कुखुरा अभाव हुन थालेपछि अधिकाशं मासु पसलहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपय पसलहरुले बोइलर कुखुरा अभाव भएको भन्दै गिरीराज तथा लेयर्स कुखुराको मासु समेत बिक्रीबितरण गर्न थालेका छन् ।

सदरमुकाममा यसअघि बाहिरबाट बोईलर कुखुरा आयात हुँदै अएको भएपनि अहिले भने ठप्प छ । जिल्लाभित्रका ब्यवसायीले छिटफुट रुपमा उत्पादन गर्दै आएका कुखुराको खोजी गरी पसलेहरुले बेचबिखन गर्दै आएका छन् । सदरमुकाममा मासुको अभाव भएसंगै ब्यापारीहरुले गिरीराज तथा अण्डा पार्ने लेयर्स कुखुराको मासु बेच्ने गरेको सिद्धिचरण नगरपालिका ११ का स्थानिय गणेश कुमार श्रेष्ठले बताए । उनले कुखुरा अभाव भएपछि जिल्लामा मासुको भाउमा समेत बृद्धी भएको बताए ।

 सदरमुकाममा बोईलर कुखुराको मासु अभावसँगै ब्यापारीहरुले गाउँगाउँबाट कुखुरा छिटफुट रुपमा खोजी गरेर बिक्रिबितरण गर्दै अएका छन् । 

गाउँघरबाट आएका कुखुराको समेत अभाव हुन थालेपछि ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको जिल्ला सदरमुकाम स्थित सुनिल फ्रेस हाउसका सञ्चालक सुनिल केसीले बताए । 

उनले छिटफुट रुपमा आएका बोइलर कुखुराको मासुमा समेत प्रतिकेजी ५० रुपैयाँले बृद्धि भएको पनि बताएका छन् । चिसोमा कुखुराको उत्पादन कम हुने र ह्याचरी व्यवसायीले समेत चल्ला उत्पादन नगरेपछि यस समयमा मासुको अभाव भएको हो । कुखुरा पालनमा आवद्ध किसानहरुले पनि दाना तथा चल्लाको मुल्य बढीरहने  तर कुखुराको मुल्य भने यथावत रहेन भएपछि ब्यवासय नै छोड्दै गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप