बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकता प्रक्रियाका २१ महिना : मुख्य काम सकिएपनि अझै छन् बाँकी धेरै काम

मङ्गलबार, २१ माघ २०७६, १६ : ०३
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता घोषणाको २२ महिनापछि एकता प्रक्रियाको बीट मार्ने तयारी गरेको छ । पार्टी एकताका क्रममा तीन महिनाभित्रै एकता सक्ने भनिएको थियो । 

यही माघ १९ गते सम्पन्न सो पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले पार्टी एकता प्रक्रियालाई अबको १५ दिनभित्र टुङ्गो लगाउने समयसीमा तय गरेसँगै नेकपाको एकता प्रक्रियाले एकता घोषणाको २२ महिनापछि बिट मार्न कम्मर कसेको हो । 

यद्यपी नेकपाले एकता प्रक्रियाका मूलभूत काम सम्पन्न गरिसकेको छ । केन्द्रीय समिति बैठकमा पारित नेकपाको सांगठानिक प्रतिवेदनमा अहिलेसम्म भएका काम र गर्न बाँकी कामहरुको लेखाजोखा गरिएको छ । 

यस्ता छन् एकीकरणका बाँकी काम 
नेकपाले एकता पूर्वको पार्टी सदस्य र संगठित सदस्य संख्या यकिन गर्न सकेको छैन । त्यस्तै सदस्यहरुको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्ने काम पनि बाँकी नै छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकसमक्ष प्रस्तुत संगठनात्मक प्रतिवेदनका अनुसार विभिन्न कारणले रिक्त भएका स्थानहरूमा केन्द्रीय कमिटी सदस्य मनोनयन र पोलिटब्यूरो गठन गर्न बाँकी छ । 

त्यस्तै नेकपाका केन्द्रीय निकायहरू अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहने सदस्यहरूको टुङ्गो लगाउन र तिनलाई पूर्णता दिने काम पनि बाँकी नै छ ।

संगठन विभागबाहेकका केन्द्रीय विभागहरूमा सदस्य मनोनित गर्न र तिनलाई पूर्णता दिन पनि बाँकी छ भने जनवर्गीय संगठनहरूमध्ये अखिल नेपाल महिला संघ, अपाङ्गता संगठन नेपाल, खेलकूद महासंघ नेपाल, ट्रेड युनियन महासंघ नेपाल, नेपाल उद्योगी व्यवसायी महासंघ, नेपाल दलित मुक्ति संगठन, नेपाल बुद्धिजिवी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल भूमिहीन सुकुम्बासी संगठन, पेशागत महासंघ नेपाल, प्रवासी नेपाली एकता मञ्च भारतको एकीकरण प्रक्रियालाई पूर्णता दिन समेत बाँकी नै छ । 

सम्पर्क मञ्चका जिल्ला र पालिका तहहरू गठन गर्न बाँकी छ भने प्रवासमा महादेश र देश विशेषमा “प्रवासी नेपाली एकता मञ्च” गठन गर्न बाँकी रहेको नेकपाका महासचिव विष्णु पौडेलको भनाइ छ । 

जनप्रतिनिधि, राजनीतिक नियुक्ति प्राप्त व्यक्ति र पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लेबी निर्धारण र पार्टीको चल–अचल सम्पत्ति तथा लेखा प्रणालीलाई एकीकृत गर्न बाँकी छ । 

त्यस्तै नेकपाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न बाँकी छ । त्यसका लागि २ महिनाभित्र भवन शिलान्यास गर्ने घोषणा भैसकेको छ । 

नेकपाले पार्टी विधानमा संशोधन गर्नुपर्ने आवश्यकता महशुस गर्दै त्यसको गृहकार्य थालेको छ । त्यसअनुसार तदनुरुप पार्टी विधानमा संशोधन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पास गरिसकेको छ ।  

पार्टी विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न र पार्टी जीवनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकसमक्ष प्रस्तुत संगठनात्मक प्रतिवेदन विधिसम्मत बनाउन मस्यौदा गरिएका विनियम तथा निर्देशिकाहरू उपर संस्थागत रुपमा छलफल गर्न र पारित गर्न बाँकी छ । ‘एकता–एकीकरणका क्रममा बाँकी रहेका कामहरू केही दिनको अन्तरालमा सम्पन्न गर्न र समस्त पार्टीलाई केन्द्रीकृत योजना अन्तर्गत राष्ट्रिय अभियानमा परिचालित गर्न जरुरी छ’, नेकपाले हालै पारित गरेको सांगठानिक प्रतिवेदनमा भनिएको छ । 

अहिलेसम्म एकताका के के भए काम ? 
२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कमिटीका अलग–अलग बैठकहरू सम्पन्न भएर तिनले पार्टी एकता सम्पन्न गर्ने निर्णय गरे । सोही दिन पार्टी एकता संयोजन समितिको निर्णयबमोजिम नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी (सदस्य – ४४१, पदेन सदस्य – ५ र आमन्त्रित सदस्य – ३ रहेको) को पहिलो बैठक सम्पन्न भएको थियो । 

उक्त बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गर्दै ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय गठन गरेको थियो । 

त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान, राजनीतिक प्रतिवेदन, चुनाव चिन्ह र केन्द्रीय कमिटीको विस्तृत विवरणसहित निर्वाचन आयोगमा विधिवत दर्ता भयो । 

५ केन्द्रीय सदस्य पद रिक्त 
हाल नेकपाको केन्द्रीय कमिटीको सदस्य संख्या ४३८ छ । केन्द्रीय कमिटीमा ५ जना पदेन सदस्य र ३ जना आमन्त्रित सदस्य छन् । विभिन्न कारणले रिक्त हुन पुगेको केन्द्रीय कमिटीको ५ सदस्य पदमा मनोनयन गर्न बाँकी नै छ । नेकपा एकतापछि स्थायी कमिटीका चार र केन्द्रीय सचिवालयका ५१ वटा बैठकहरू सम्पन्न भएका छन् । यो बीचमा स्थायी कमिटीले नियमावली पारित गरेको छ भने केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयका बैठकहरूको निर्णयका आधारमा ३ वटा अन्तरपार्टी निर्देशन र ७ वटा विशेष परिपत्र जारी गरेको छ । 

स्थायी कमिटीको तेस्रो बैठकबाट पारित राजनीतिक प्रतिवेदन प्रकाशित गरेको छ । विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा गर्न गठित कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । जसअन्र्तगत आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियम, केन्द्रीय कार्यालयका कर्मचारीहरूको सेवा र शर्तसम्बन्धी विनियम, पार्टी स्कूल सञ्चालन निर्देशिका, प्रतिष्ठान सञ्चालन निर्देशिका, सम्पर्क मञ्च सञ्चालन निर्देशिका, प्रवासको कामसम्बन्धी निर्देशिका र आचारसंहिता रहेका छन्। यीमध्ये आचारसंहिता केन्द्रीय सचिवालयबाट पारित भई कार्यान्वयनमा गएको छ । प्रवासको कामसम्बन्धी निर्देशिका सचिवालयबाट पारित भएको छ । 

केन्द्रीय पदाधिकारी र सदस्यको कार्यविभाजन
केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । केन्द्रीय निकाय तथा विभागहरू, मातहतका पार्टी कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवासको एकीकरणका सम्बन्धमा स्पष्ट मापदण्डसहित कार्यदलहरू गठन गरेर सिफारिस गरेको छ । 

केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकसमक्ष प्रस्तुत संगठनात्मक प्रतिवेदन ज्ञघ केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च)को पदाधिकारी निर्धारण गरेको छ । सदस्यहरूको छनोट सम्बन्धमा मापदण्ड तय भएको छ र गृहकार्य अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ । 
प्रदेश कमिटी, जिल्ला कमिटी र अधिकाँश स्थानमा स्थानीय कमिटीहरूबीच एकीकरण सम्पन्न भएको छ । 
सम्पर्क समन्वय कमिटी र सम्पर्क कमिटीहरूबीच एकीकरण सम्पन्न भएको छ । 

जिल्ला र मातहतका सम्पर्क मञ्चहरू गठन गर्नका लागि गृहकार्य अघि बढेको तथा पार्टीको प्रवास समन्वय कमिटी बनेको छ र समग्र प्रवासको एकीकरण सम्बन्धमा गृहकार्य पुरा भएको नेकपाले जनाएको छ ।

चारवटा विशेष कमिटी 
उपत्यका विशेष कमिटी र सो मातहतका चारवटा विशेष जिल्ला कमिटी गठनको तयारी अघि बढेको छ । महानगर कमिटीहरू गठन भएका छन् । एकीकरण सम्बन्धी सम्पूर्ण कार्यहरू तयारीको अन्तिम चरणमा पुगेका छन् । केन्द्रीय विभागका लागि प्रमुख, उपप्रमुखको टुङ्गो लागेको छ । 

प्रमुख, उपप्रमुखको सिफारिसमा विभागलाई पुर्णता दिने काम जारी रहेको र हालसम्म ५ सदस्यीय संगठन विभाग गठन भएको छ । पार्टी स्कूल विभाग, विदेश मामला विभाग, स्थानीय तह विभाग, कानुन, न्याय तथा मानव अधिकार विभाग, सामान्य प्रशासन विभाग, अर्थ तथा योजना विभागका लागि सिफारिस भएको छ । नीति अनुसन्धान प्रतिष्ठानका लागि आधारपत्र प्रस्तुत भएको छ । 

२०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने गरी सचिवालयबाट समय सीमा र कार्यविधिसहितको निर्णय र निर्देशन जारी भैसकेको छ । जवसहरु अझै अपूर्ण हालसम्म अखिल नेपाल किसान महासंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कानुन व्यवसायी संगठन, मुस्लिम संगठन नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकसमक्ष प्रस्तुत संगठनात्मक प्रतिवेदन, प्रेस संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, मानव अधिकार तथा सामाजिक अभियान नेपाल, राष्ट्रिय युवा संघ नेपाल, नेपाल निर्माण व्यवसायी संगठन, आदिवासी जनजाति महासंघ नेपाल र जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय तहमा एकीकरण सम्पन्न भएको छ  ।  तर जबस मातहतका केही एकीकरण प्रक्रिया जारी रहेको नेकपाले जनाएको छ । 

एकीकरण सम्पन्न हुन बाँकी रहेका अरु जनवर्गीय संगठनहरूको संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सदस्य संख्या एकीन गरिसकेको छ । तीमध्ये अधिकांशको एकीकरण प्रक्रियाको गृहकार्य सकिएको छ र औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी भइरहेको छ । 

समस्या समाधानको जिम्मा गौतमलाई
एकता–एकीकरणका सन्दर्भमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी संगठन विभागलाई दिइएको छ । यो संगठको प्रमुखमा नेता वामदेव गौतम छन् । उपाध्यक्ष  समेत रहेका गौतम समस्या समाधानमा माघ २२ गतेबाट खटिने तयारीमा लागेका छन् । एकतापछि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट सञ्चालन भएको छ । पेरिसडाँडास्थित कार्यालयलाई केन्द्रीय विभागहरू र जनवर्गीय संगठहरूको कार्यालय राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप