टुबोर्ग ओपन सेसन्स् २ मा रोहित जोन क्षेत्रीको ‘बिर्सेको छैनौ’

काठमाडौं– लोकप्रिय गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स् २ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेश गरेका छन् । २०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युबमा च्यानल आरबिट्ररी मार्पmत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेन्ज गरिएको छ ।
उनको गायन यात्रा आफ्नो ब्ुवासँग सानै देखि पुराना नेपाली र हिन्दी गीतहरु गाए देखि सुरु भएको थियो । २०१३ मा युट्युबमा आफ्नो केही गीतहरु अपलोड गरेपछि उनको लोकप्रियता बढ्यो ।
गितार, तबला र हारमोनियम जस्ता विभिन्न साँगीतिक बाजाहरु बजाउन क्षेत्री पोख्त छन् । नेपालको व्यापक चर्चित ब्याण्ड १९७४ एडीको पनि उनी सदस्य रहेका थिए र हालै उनी आफ्नो सोलो कार्यहरुमा व्यस्त रहेका छन् ।
‘बिर्सेको छैनौ’ एकम मधुर, भावनात्मक र हृदय छुने गीत छ ा गीतले एक प्रेमी एक्लै हुनुको मर्मको र उसले पाउने पिडाहरुको अत्यन्त दुखद कथा प्रस्तुत गर्दछ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुको बढवा गर्दछ ।
नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ