नेपालको संविधान प्रगतिशील र समावेशी छः जापान
काठमाडौं । प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका हुन् ।
भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच ६ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पु¥याउँदै आएको विषयमा पनि उनीहरुले स्मरण गरेका थिए ।
भेटका अवसरमा सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डबाट भएको नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको प्रतिक्रिया आफूले पाएको बताए । यसअघि उनी सभामुखमा निर्वाचित भएकामा भारत र चीनका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर र काठमाडौँ–१६ मा अनुगमन टोली परिचालन गर्ने निर्वाचन आयोगको निर्णय
-
वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार
-
कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप