शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब केही मिनेटमै विश्वका सबैभन्दा धनी व्यक्तिले कमाए आठ अर्ब अमेरिकी डलर

मङ्गलबार, २१ माघ २०७६, १५ : ०४
मङ्गलबार, २१ माघ २०७६

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस झनै धनी बन्न सफल भएका छन् । 

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उनले शुक्रबार आफ्नो सम्पत्तिमा थप आठ अर्ब डलर जोडे । 

अघिल्लो दिन १८७० अमेरिकी डलरमा कारोबार बन्द भएको उनको कम्पनीको शेयर शुक्रबार बढेर २ हजार डलरमा कारोबार बन्द भएको थियो । 

कम्पनीको शेयरमा भएको ७ प्रतिशतको वृद्धिले बेजोसको सम्पत्ति ८ अर्बले बढ्यो ।  

शुक्रबारको कारोबारपछि कम्पनी छोटो समयको लागि एक ट्रिलियन डलर(दश खर्ब डलर)भन्दा बढी मूल्याकंन भएको कम्पनीमा समावेश भएको थियो ।

बेजोसको अधिकांश सम्पति अमेजनको शेयर मुल्यसँग गासिएको छ । उनीसँग अमेजनको ५ करोड ७५ लाख शेयर छ जुन कम्पनीको कुल शेयरको १२ प्रतिशत हो । 

शेयरको मुल्य वृद्धिपछि अमेजनका मालिकको कुल सम्पती १ खर्ब १५ अर्ब अमेरिकी डलर पुगेको छ । 

बेजोस र उनकी श्रीमती म्याक्केन्जी वेजोसले अघिल्लो जनवरी सम्बन्ध विच्छेद घोषणा गरेका थिए । 

तिनको सम्बन्ध विच्छेद टुङ्गो लगाउँदा म्याक्केन्जी बेजोसले दुई जोडीको कुल अमेजन स्कटमध्ये २५ प्रतिशत पाएकी थिइन्, जुन समग्र कम्पनीको ४ प्रतिशत हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप