शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको नाफा १०८ करोड पुग्यो

मङ्गलबार, २१ माघ २०७६, १४ : ५४
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । प्रभु बैंकले ६ महिनामा नाफा १ अर्ब ८ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब १४ करोड ५७ लाख रुपैंया नाफा कमाएको हो । प्रभुको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा सामान्य बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा १ अर्ब ४ करोड रुपैंया थियो । 

बैंकले पुस मसान्तसम्ममा १ खर्ब १५ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ७१ रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १० अर्ब र ९ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैंकको निक्षेप करिब १ खर्ब ५ अर्ब र कर्जा ८५ अर्ब ८२ करोड रुपैंया थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष ३ अर्ब ८५ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ६ करोड रुपैंयाले कम हो । यो वर्ष १६ प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा १ अर्ब १४ करोडले बढाएर १० अर्ब ३ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब ५ करोड रहेको देखिएको छ । 

प्रभु बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ५ अर्ब २२ करोडबाट बढेर ५ अर्ब ९९ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ७ करोडबाट ३ अर्ब ५३ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । ६ महिनामा बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ८० करोड ४ लाख रहेकोमा यो वर्ष १ अर्ब १ करोड पुगेको हो । अन्य सञ्चालन खर्च करिब ५ करोड घटेर ४३ करोडमा आएको छ । 

पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात ११.९० प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई २.४७ प्रतिशतबाट ३.१२ प्रतिशतमा पुगेको छ यसले बैंकको ठूलो ऋण समयमा नउठेको जनाउँछ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही बढ्दा बेसरेटमा पनि केही बढेको देखिएको छ ।

पुस मसान्तसम्म सो बैंकको कस्ट अफ फण्ड ६.२९ प्रतिशत र बेसरेट ९.४५ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ६.१९ प्रतिशत बेसरेट ९.३७ प्रतिशत थियो । भएको बैंक बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.८३ प्रतिशत छ । यो अनुपातलाई ६ महिनाभित्र ४.४० प्रतिशतमा ल्याउनुपर्छ । 

बैंकले बचत खातामा ४.५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ५ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप