होचो कलाकार मनोजको सहयोगार्थ ‘सेल्फी किङ्ग’को विशेष ‘शो’ हुने

काठमाडौं । विश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज विकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’ को बिशेष शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिवार अर्थात यही २५ गते फिल्मको विशेष शो आयोजना गर्न लागेको हो ।
बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको अहिले शो रोगको उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ ।
‘विश्वका होचा कलाकारको छवि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको विशेष शो गर्न लागिएको हो ।’
विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको विशेष शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । विशेष ‘शो’ कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा विहान ९ बजे राखिएको छ ।
उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजक मोडलिङ संघका अध्यक्ष शाहीले जानकारी दिए । संघले केही समयपछि अमेरिकामा पनि एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ । जसको घोषणा एक कार्यक्रमका बीच हुनेछ ।
‘सेल्फी किङ्ग’ अभिनेता विपिन कार्कीले हाँस्यकलाकारको भूमिका निर्वाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हाँस्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।
दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध
-
गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मनाइयो
-
बागमतीमा राजस्व बढाउन गठित अध्ययन समितिले थाल्यो काम
-
बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
-
इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी