पोखरामा अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम
मङ्गलबार, २१ माघ २०७६, १३ : २१
पोखरा– गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेडले यही माघ १७, १८ र १९ गते लेक साइड,पोखरामा आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बिमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
केन्द्रिय कार्यालय बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारे । त्यस्तै, अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा जानकारी दिएका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बिमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)