मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम

मङ्गलबार, २१ माघ २०७६, १३ : २१
मङ्गलबार, २१ माघ २०७६

पोखरा– गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेडले यही माघ १७, १८ र १९ गते लेक  साइड,पोखरामा आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बिमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

केन्द्रिय कार्यालय बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारे । त्यस्तै, अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा जानकारी दिएका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बिमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप