बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको महामारी नियन्त्रणमा जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्ने सी जिनपिङको चेतावनी

चिनियाँ नागरिकमाथि अमेरिकाले यात्रा प्रतिबन्ध लगाएकोमा चीनको असन्तुष्टि
मङ्गलबार, २१ माघ २०७६, १० : २०
मङ्गलबार, २१ माघ २०७६

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको राजनीतिक व्युरो (पोलिटव्युरो) ले सोमबार कोरोनाभाइरसबारे छलफल गर्न एक बैठक बोलायो । वैठकमा कोरोनाभाइरसका कारण निम्तिाएको निमोनिया महामारी नियन्त्रण र रोकथामका उपायबारे छलफल भयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले बैठकको अध्यक्षता गरेका थिए र उनले एक महत्त्वपूर्ण भाषण पनि दिए ।

सम्बोधनमा सीले महामारीविरुद्धको सङ्घर्षको अग्रमोर्चामा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै प्रकोपको सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए ।

सीले महामारी रोकथाम तथा नियन्त्रणबाट निस्किने परिणामले सबै जीवन र स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने र समग्र आर्थिक तथा समाजिक स्थिरताका साथ साथै देशको खुल्लापनलाई असर पार्ने प्रतिक्रिया बताए ।

‘यो प्रयासमा पार्टीको सम्पूर्ण समिति र सबै तहका सरकारले केन्द्रीय समितिको ‘युनिफाइड कमाण्ड’लाई दृढताका साथ मान्नुपर्छ,’ सीले भने ।

सीले रोकथाम प्रयासमा नोकरसाहीपन र ‘औपचारिकताकै लागि औपचारिकता’ को अभ्यासको विरोध गर्न निर्देशन थिए ।

‘युनिफाइड कमाण्डलाई नमान्ने र आफ्नो जिम्मेबारी ननिभाउने दण्डित हुनेछन्,’ सीले भने ।

बैठकले महमारीको निगरानी कार्य सबल बनाउन, सम्पूर्ण विरामीलाई उपचारको लागि एक स्थानमा राख्न र शंकास्पदहरुको घरमै गएर चिकित्सकीय निगरानी गर्ने नीति पास ग¥यो ।

बैठकमा नोवल कोरोनाभाइरसको उद्गम र विस्तार पत्ता लगाउन वैज्ञानिक अनुसन्धान थप बढाउनुपर्ने र भाइरसको ‘म्युटेसन’लाई सुक्ष्म रुपमा निगरानी गर्न पनि छलफल भयो ।

प्रकोपबाट आर्थिक र समाजिक सुव्यवस्था भत्कन दिन नहुने कुरामा जोड दिँदै वैठकले प्रकोपबारे सार्वजनिक शिक्षा र संचारको विस्तारमा पनि जोड दियो ।

‘कोरोनाभाइरसको प्रकोपले चिनियाँ व्यवस्था र शासन क्षमताको वास्तविक परिक्षा लिइरहेको छ । हामीले यो समयमा आफ्ना सम्पूर्ण अनुभवमा ध्यान लगाएर तिनबाट पाठ सिक्नुपर्छ ,’ बैठकले भन्यो ।

चीनले आपतकालिन व्यवस्था प्रणाली सुधार गर्ने तथा अत्यावश्यक, कठिन, खतरनाक कार्य सामना गर्ने र व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै बैठक समापन भयो ।

‘महामारीबारे सत्यतथ्य कुरामात्र प्रचार गरौं’

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले प्रकोपलाई देखाएर केही देशले चिनियाँ नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा असन्तुष्टि व्यक्त गरिन् ।

चुन्यीङले प्रकोप नियन्त्रणमा चिनियाँ सरकारको कदमलाई विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले समेत सराहना गरेको अवस्थामा केही देशले अनावश्यक प्रतिक्रिया जनाएको आरोप लगाइन् ।

‘अधिकांश देशले कोरोनाभाइरस प्रकोपसँगको संघर्षमा सहयोग तथा साथ दिएका छन् । देशहरुले सुरक्षाको लागि सिमाना प्रवेश विन्दूमा क्वारेन्टाइनको व्यवस्था गर्नु स्वभाविक हो । तर केही देश त्यसमा पनि विदेष अमेरिकाले अनावश्यक बढी प्रतिक्रिया दियो । उसले विश्व स्वास्थ संगठनले समेत गर्नुपर्दैन भनेको कामकुरा गरिरहेको छ ।’

‘प्रकोप व्यवस्थापनमा अमेरिकाले हामीलाई कुनै उलेखनीय सहयोग पनि गरेन, बरु वुहानबाट आफ्ना कुटनीतिक कर्मचारी फिर्ता लाने पहिलो देश अमेरिका थियो । चीनस्थित दूतावासमा कर्मचारी कटौती गर्ने पहिलो देश पनि अमेरिका थियो । उसले नै पहिलो पटक चिनियाँ यात्रुमाथि वृहतस्तरको प्रतिबन्ध लगायो । अमेरिकाले उठाएको कदमबाट आतङ्कमात्र फैलिन्छ । अन्य देशको लागि ती कदम गलत नजिर बन्यो ।’

स्वयम् अमेरिकी मिडिया र विज्ञले समेत अमेरिकी सरकारको कदमलाई अनावश्यक भनेको हुवाले बताइन् ।

उनले क्यानाडको उदारण दिँदै भनिन्, ‘क्यानडाको स्वास्थ्य मन्त्रीले अमेरिकाले जस्तो चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध नलगाउने बताए । त्यो कदम अमेरिका व्यवहारको तुलनामा धेरै फरक छ ।’

हुवाले आजको भूमण्डलीकृत विश्वमा सबै देशको नियती एकअर्कासँग गाँसिएको स्मरण गराउदै जनस्वस्थ्य संकटसँग सबै देशले मिलेर काम गनुपर्ने बताइन् ।

‘हामी सम्पूर्ण सम्बद्ध देशले यथार्थपरक, स्थिर, तथ्यमा आधारित निर्णय र कदम उठाउन भन्ने आशा गर्छौँ,’ हुवाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप