बेलायतमा बन्ने भयो भिसी थापाको शालिक

लन्डन । बेलायतको उच्च सैनिक सम्मान अर्थात सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिने भिक्टोरिया क्रस (भीसी) प्राप्त गर्ने प्रथम नेपाली स्वर्गीय कुलबीर थापाको सालिक स्थापना गरिने भएको छ ।
नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा सालिक बन्न लागेको हो । सालिक निर्माणका लागि स्थानीय रसमोर बरो काउन्सिलले अनुमति दिइसकेको छ । सालिक निर्माणपछि पनि काउन्सिलले नै रेखदेख गर्ने भएको छ ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीले सालिक बनाउन चन्दा संकलन थालिसकेको छ । एकवर्षभित्र सालिक बनिसक्ने र यसको लागत करिब एक करोड ८० लाख रुपैयां हुने गोर्खा मेमोरियल प्रोजेक्टले जनाएको छ ।
गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएको बताए ।
वीर गोर्खाको सम्मान र कदर, बेलायती एवं दोश्रो पुस्ताका नेपालीलाई गोर्खा योगदानबारे अवगत गराउन एवं बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सालिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्युनिटी अध्यक्ष रामधन राईले बताए ।
सालिकको जग (प्लिन्थ) मा ब्रिगेड अफ गोर्खाज् इतिहास र भिसी थापाको जीवनी र अर्कोतिर एकहजार पाउण्ड बढि चन्दा दिनेको नामावली लेखिने छ ।
सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो । उनको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो । प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।
उता, बेलायत बसोवासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरुले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनीथ द ब्रेभरी’ नामक चलचित्र बनाइरहेका छन् जुन अन्तिम चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेअफ चरणमा पुग्न संघर्षरत मुम्बई र लखनउ आपसमा भिड्दै
-
वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?