कोरोनाविरुद्धको ‘युद्ध’: फ्रन्टलाइनमा महिला
चीनमा सन् १९९० पछि जन्मिएका केही युवा स्वतःस्फूर्त रुपमा बुहानबाट सुरु भएको कोरोना भाइरससँग लड्न अग्रसर भएका छन् । उनका साथीहरु घरभित्र बसेर, मोबाइल फोन चलाएर वा काउचमा बसेर टिभी ड्रामा हेरेर दिन कटाइरहेको अवस्थामा उनीहरु भने आफ्नै ज्यानको बाजी राखेर कोरोनाविरुद्ध पैठेँजोरी खेलिरहेका छन् ।
सन् १९९८ मा जन्मिएकी हु पेइ, चाङ्ग्सास्थित हुनान चिल्ड्रन हस्पिटलमा थुप्रै दिनदेखि लगातार अलग्गै राखिएका बिरामीको रेखदेखमा व्यस्त छिन् ।
हु कम्युनिष्ट पार्टी अफ चाइनाकी सदस्य पनि हुन् । उनी जवान छिन् तर आफ्नो कर्तव्यलाई बहादुर सिपाहीले झैं निर्वाह गरिरहेकी छिन् । संक्रमण हुने प्रबल सम्भावनाका बीच उनले आफ्नो परिवारलाई कुनै चिन्ताबिना पत्र लेखेकी छिन्, ‘म कुनै पनि समयमा क्वारेन्टाइन्ड हुन तयार छु ।’
यस्तै सन् १९९७ मा जन्मिएकी छु ह्वेनहुई नानचाङ्ग विश्वविद्यालयको पहिलो सम्बन्धन प्राप्त अस्पतालमा कार्यरत छिन् । उक्त रोगबारे थाहा पाउँदा उनको भले भर्खरै शल्यक्रिया गरिएको थियो । उनले उपचार र उद्धारका लागि फ्रन्टलाइनमा नै काम गर्न पाउँ भनेर माग गरेका थिइन् ।
सुरुमा छुको माग अस्विकार गरिएको थियो किनभने हेड नर्सले छु शारीरिक रुपमा बलियो छैनन् भन्ने ठानिन् । यद्यपि, छुले पुनः आइसीयूको समूहसँग काम गर्न पाउँ भनेर पुनः आग्रह गरिन् । त्यसपछि मात्रै उनलाई न्यूरोलोजी डिपार्टमेन्टबाट आइसियूमा ट्रान्सफर गरिएको थियो ।
यस्तै छुकी साथी वु काङ्कियान सन् १९९८ मा जन्मिएकी हुन् । उनी ह्वेनहुई नानचाङ्ग विश्वविद्यालयको पहिलो सम्बन्धन प्राप्त अस्पतालमा आइसोलेशन वार्डमा काम गर्छिन् । वुका बुवा छोरीको स्वास्थ्यप्रति निकै चिन्तित छन् त्यसकारण सधैं एसएमएसहरु पठाइरहन्छन् ।
२५ वर्षे फुजाउबाट बेइजिङ यात्रा गर्ने रेलको क्रु सदस्यकी प्रमुख जाङ्ग डान्डन ले चिनियाँ नयाँ वर्षको अघिल्लो दिन परिवारसँगै बसेको बेलुकाका खाना खाएपछि अहिलेसम्म सँगै बसेर खाना खान पाएकी छैनन् ।
जाङ्ले रेलमा क्रुको तापक्रम लिन्छिन् र रेलले यात्रा गर्नुअघि मेडिसिन क्याबिन र मेडिकल उपकरण भए नभएको हेर्ने गर्छिन् । उनले रेलमा यात्राहरुलाई नजिकबाट निगरानी पनि गरिरहेकी हुन्छिन् ।
काओ युआनयुआन सन् २००० मा जन्मिएकी हुन् । उनले दुई वर्षअघि ट्रेन अटेन्डेन्टको रुपमा काम गरिन् ।
कोरोना भाइरसको उत्पत्तिपछि भीडभाडमा काम गर्न उनलाई कहिलेकाँही तनाव त महसुस हुन्छ तर उनी निरन्तर आफ्नो काममा डटिरहेकी छिन् । उनले कोरोनाभाइरस सम्बन्धि ज्ञान फैलाउने कोसिस गर्ने गर्छिन् ।
कोरानाविरुद्ध लडन् सन् १९९५ मा जन्मिएकी पेङ्ग युयानबो आफ्नो ९ महिनाकी छोरीलाई घरमा छोडेर आफ्नो काममा फर्किएकी छिन् ।
पेङ्ग र उनका श्रीमान् कोरोनाभाइरस विरुद्धको लडाईंमा फ्रन्टलाइनमा छन् । उनीहरु झिसमिसेमै काममा जान्छन् र प्रत्येक दिन मध्यराती फर्कन्छन् ।
‘सरकारी कर्मचारी भएको नाताले हाम्रा छोरीलाई भन्दा हाम्रा समुदायका मानिसलाई हाम्रो खाँचो छ । अहिले छोरीलाई दिन नसकेको समयलाई हामी पछि परिपूर्ती गर्नेछौं,’ पेङ्गले भनिन् । पेङ्गले हुबेइबाट पिङ्सियाङ फर्किएकाहरुको घर घर गएर तापक्रम लिने काम गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल